लिखु खोलामा डुबेर एकको मृत्यु

ओखलढुंगा । ओखलढुंगाको लिखु खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु भएको छ ।

चम्पादेवी गाउँपालिका–२ बस्ने २० वर्षीय प्रकाश सुनुवारको बिहीबार दिउँसो मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

खोलामा डुबेर गम्भिर घाइते भएका सुनुवारको सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुलीमा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको समेत जानकारी दिएको छ ।

प्रतिक्रिया