प्राथमिकताभन्दा पहिले खोप लिने मेयर निलम्बित

बर्लिन । प्राथमिकता समूहमा नभएको भए पनि जनवरीमा कोरोना खोप लगाएको पुष्टि भएपछि जर्मनीका एक मेयरलाई उनको नगर काउन्सिलले निलम्बन गरेको छ ।

जर्मनीको मध्य शहर हेलेका मेयर बनार्ड वाइगान्डलाई अस्थायी रूपमा निलम्बन गर्न नगरका ३४ परिषद् सदस्यहरूले मतदान गरेपछि उनी जिम्मेवारीबाट अनिश्चि कालका लागि निलम्बित भएका हुन् । ६४ वर्षीय वार्यगान्डले यसअघि नै जनवरीमा आफूले खोप लिएको स्वीकारेका थिए ।

उक्त समयमा समुदायका जेष्ठ सदस्यहरूलाई खोप दिने क्रममा उनले पनि खोप लगाएका थिए । अन्य सहरका कर्मचारी र धेरै परिषद् सदस्यहरूले पनि उनीहरूको पालो आउनुभन्दा पहिले खोप लिएका थिए । उनीहरूलाई पनि कारबाही गरिने स्थानीय प्रशासनले जनाएको छ ।

निलम्बनमा परेका नगर प्रमुखले आफूले अवैध वा अनैतिक काम नगरेका तर खोपको अत्यधिक मात्रा खेर जानबाट जोगाउन आफूलगायत केही व्यक्तिले खोप लगाएको बताए ।

‘अहिले आएर मेरो निर्णयको आलोचना गर्न सजिलो छ । तर यो कुनै पनि हिसाबले अवैधानिक थिएन,’ उनले भनेका थिए,‘मेरा विरोधीहरूले मेरो राजनीतिक भविष्यमाथि दाग लगाउन उक्त आरोप लगाएका हुन् ।’ – एएफपी

प्रतिक्रिया