नेपाल पत्रकार महासंघ प्रदेश १ को नेतृत्व घिमिरेलाई

विराटनगर । नेपाल पत्रकार महासंघ प्रदेश नं. १ को अध्यक्षमा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल बिजयी भएको छ । प्रेस चौतारीका उम्मेदवार मोहनकाजी न्यौपानेलाई १९६ मतान्तरले पराजित गर्दै घिमिरे विजयी भएका हुन् ।

घिमिरेले ७९३ मत प्राप्त गरे भने उनका प्रत्यासी उम्मेद्वार न्यौपानेले ५९७ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा लवदेव ढुङ्गाना निर्वाचित भए । उनले ८१० मत प्राप्त गरे । उपाध्यक्षका प्रत्यासी उम्मेद्वार रोहित राईले ५९७ मत प्राप्त गरे ।

महिला उपाध्यक्षमा हिमादेवी चेम्जोङ निर्वाचित भएकी छिन् । उनले ८३६ मत प्राप्त गर्दा उनको निकटतम प्रतिस्पर्धी कोकिला ढकालले ५७८ मत प्राप्त गरिन् । महासचिवमा विवेक गौतम ८१९ मत ल्याउँदै निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी फिफराज वेघाले ५६२ मत प्राप्त गरेका छन् ।

सचिवमा देवेन्द्र कार्की ८६२ मतका साथ निर्वाचित भए । समावेशी सचिवमा सन्तोष यादव विजयी बनेका छन् भने कोषाध्यक्षमा झापाका विमल लामिछाने निर्वाचित भए।

त्यस्तै सदस्य पदमा सुरेन्द्र भण्डारी, लीलाराज झापाली , ध्रुव भट्टराई, तोयानाथ भट्टराई र गोपालप्रसाद पोखरेल बिजयी भएका छन । महिला सदस्यमा विनु तिम्सिना, माला पालुङ्वा, र सुशीला पाठक बिजयी भएका हुन् ।

त्यस्तै दलित सदस्यमा विपी दियाली, जनजाति सदस्यमा विष्णु सुव्वा, यमकुमार दनुवार, मधेशी सदस्यमा प्रमोदकुमार यादव र व्रम्हदेव यादव बिजयी भएको निर्वाचन समितिले जनाएको छ। अल्पसंख्यक सदस्यमा लीलावहादुर सुनुवार निर्वाचित भएका छन् ।

प्रतिक्रिया