विराट गोल्डकपः पञ्जाब र गोर्खा ब्वाईज भिड्दै

विराटनगर । मोफसलको ठुलो पुरस्कार राशीको बिराटगोल्डकपको दोश्रो खेल आज साँझ हुँदैछ । विराटनगरस्थित सहिद रंगशाललामा हुने प्रतियोगितामा भारतको पंजाब पुलिस र गोर्खा ब्वाइजबीच हुनेछ । खेल साँझ ७ बजेदेखि हुने आयोजकले जनाएको छ ।

वैशाख ४ सम्म हुने प्रतियोगिताका सबै खेल साँझमा हुनेछन् । शहिद मैदानमा स्थायी फ्लडलाइट जडान गरिएसँगै विराटनगरमा रात्रीकालिन खेल सुरु भएको हो । तीन विदेशी टिमसहित १० टिमको सहभागिता रहेको र प्रतियोगितामा सहभागी सबै टिमले म्याच फी पाउनेछन् ।

प्रतियोगितामा मनाङ मर्स्याङदी, मछिन्द्र, संकटा, ब्वाइज युनियन, एपीएफ, नेपाल पुलिस, गोरखा ब्वाइज क्लबसहित भारतको पन्जाब पुलिस क्लब, सिक्किम र अफ्रिकन क्यामरुन टिमले प्रतिस्पर्धा गर्ने छन् । विराट गोल्डकपको विजेताले १५ लाख १५ हजार र उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

यसैबिच प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टिम विराटनगर महानगर ११ ले बिजयी शुरुवात गरेको छ । बिहीबार राती एको खेलमा युनाइटेड फुटबल क्लब सिक्किमलाई २-१ गोलले पराजित गर्दै बिराटनगर दोश्रो चरणमा प्रवेश गरेको हो ।

खेलको म्यान अफ द म्याच विराटनगरका प्रकाश बुढाथोकी भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतिक्रिया