आइपिएल आजबाट, मुम्बई र बैङ्लोरबीच खेल हुँदै

काठमाडौँ । इण्डियन प्रिमियर लिग क्रिकेट आजदेखि सुरु हुँदैछ । पहिलो खेलमा साविक विजेता मुम्बई इण्डियन्स र रोयल चेलेन्जेर्स बेंग्लोर भिड्दैछन् ।

खेल चेन्नेईमा राति पौने ८ बजेपछि सुरु हुनेछ । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई र विराट कोहलीको कप्तानीमा रहेको बेंग्लोर उत्कृष्ट खेलाडीहरु भएका टिम मानिन्छ ।

५२ दिन चल्ने प्रतियोगिताको फाइनल अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने छ । आइपिएलको सबै खेल ६ सहरहरुमा हुने जनाइएको छ । जसमा अहमदाबाद, बैंगलोर, चेन्नई, दिल्ली, मुम्बई र कोलकातामा हुनेछ ।

फाइनल तथा प्ले अफको खेलहरु अहमदावादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय रंगशालामा हुने जनाइएको छ । भारतमा बढ्दै गएको कोरोना महामारीका कारण रंगशालामा दर्शकलाई प्रवेश निषेध गरिएको छ ।

प्रतिक्रिया