रिमाेर्टकाे निहुँमा आमाले गरिन् तीन वर्षीया छाेरीकाे हत्या

नयाँ दिल्ली । एक आमाले टिभी रिमाेर्टकाे निहुँमा आफ्नै तीन वर्षीया छाेरीकाे हत्या गरेकी छिन् । सुधा नामकी २६ वर्षीय महिलाले छाेरीले बुवाकाे मात्रै साथ दिएकाे भन्दै आवेगमा तीन वर्षीया छाेरीकाे हत्या गरेकी हुन् ।

सुधा पश्चिमी बेंगलुरूमा टायल्सकाे एक पसलमा हाउसकिपिङ्गकाे काम गर्थिन् भने पति इरन्ना दिहाडी श्रमिक हुन् । हालसालै उनीहरूबीच रिमाेर्टकाे निहुँमा झगडा भएकाे थियाे । झगडाका क्रममा छाेरीले पीताकाे पक्ष लिएकी थिइन् । छाेरीकाे उक्त हर्कतले सुधाकाे आक्राेश बढ्याे अनि उनले एक निर्माणाधिन भवनमा लगेर छाेरीकाे घाँटी दबाइ हत्या गरिन् ।

हत्या पश्चात् उनले छाेरी हराएकाे नाटक रचिन् । उनले श्रीमानमाथि नै छाेरी बेपत्ता बनाएकाे रिपाेर्ट दर्ता गरिन् । उनले  छाेरीलाई घरबाहिर चाट पसलमा गाेभी मंचूरियन खुवाउन लगेकाे र बिल तिर्न गएकाे बेला छाेरी बेपत्ता भएकाे प्रहरीसामु बताएकी थिइन् ।

अघिल्लाे दिन एक व्यक्तिले निर्माणाधिन भवन नजिकै एक गुजराती शिशुकाे शव देखेका थिए । ती व्यक्तिले उक्त सूचना प्रहरीलाई दिएका थिए । प्रहरी समयमै पुग्याे र शिशुकाे पहिचानका लागि सुधा र इरन्नालाई बाेलायाे ।

प्रहरीलाई सुधाका कुरामाथि शंका लागेकाे थियाे । प्रहरीले चाट पसलमा गएकाे बारे सुधासँग साेधपुछ गर्याे । साेधपुछका क्रममा उनले छोरीको हत्या आफैँले गरेको स्वीकार गरिन् ।

प्रतिक्रिया