भारतमा कोरोना कहर : ठुला शहरका अस्पतालमै बेड र भेन्टिलेटर अभाव

नयाँ दिल्ली । भारतमा दाेस्राे लहरकाे काेराेना संक्रमण नियन्त्रण बाहिर गइसकेकाे छ । लगातार दाेस्राे दिन एक लाख बढी संक्रमित थपिएका छन् । दाेस्राे लहरकाे काेराेना संक्रमण खतरनाक तरिकाले फैलिरहेकाे छ ।

यस्ताे अवस्थामा दिल्ली, मुम्बइ जस्ता ठुला शहरमा रहेका अस्पतालमा समेत बिरामीकाे संख्या बढ्दै गएकाे छ । अस्पतालका बेडहरू भरिन थालेकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

मुम्बइमा काेराेना तीव्र गतिमा फैलिरहेकाे छ । हरेक दिन औसत १० हजार मानिसमा संक्रमण पुष्टि भइरहेकाे छ । त्यहाँका अस्पतालका बेडहरू पनि अपुग हुने स्थितिमा छन् । बीएमसीकाे वेबसाइट अनुसार मुम्बइमा यस समय केवल ५ हजार १७१ काेभिड बेड खाली छ, १७ हजार भन्दा बढी बेड भरिएका छन् ।

मुम्बइमा अहिले ५८ भेन्टिलेटर बेड उपलब्ध छ । जबकी मुम्बइमा अहिले ८० हजार बढी सक्रिय संक्रमित छन् ।

यस्तै राजधानी दिल्लीमा काेराेना केसकाे औसत पाँच हजार नजिक पुगेकाे छ । काेराेना संक्रमित निरन्तर बढ्दै गएपछि दिल्लीमा बेड अभावलाई लिएर तनाव उत्पन्न भएकाे छ । एम्सले त झनै काेराेना संकटका कारण अस्पतालको ओपिडी सेवा फेरि बन्द गरेकाे छ ।

दिल्ली सरकारकाे वेबसाइट अनुसार त्यहाँ अहिले ४ हजार ५८५ बेड खाली छ, जबकि त्यहाँ ४ हजार २३८ काेभिड स्पेशल बेड भरिएका छन् । यस्तै ३१४ भेन्टिलेटर खाली रहेकाे र ६४३ भेन्टिलेटर भरिएकाे दिल्ली सरकारले जनाएकाे छ ।

प्रतिक्रिया