कोरोनाको जोखिम बढ्दा केयूमा अनलाइनमार्फत् पढाइ सुरु

काठमाडौं । काठमाडौं विश्वविद्यालयले कोरोना संक्रमणको जोखिम बढेको भन्दै घरबाटै अनलाइन कक्षा सञ्चालन गरेको छ ।

आज (बिहीबार) देखि आगामी वैशाख मसान्तसम्म घरबाटै अनलाइन कक्षा सञ्चालन गरिने विश्वविद्यालयले जनाएको हो ।

बुधबार एक सूचना जारी गर्दै विश्वविद्यालयले कोरोनाको महामारी फैलिरहेको अवस्थामा भौतिक उपस्थितिमा नियमित पठन पाठन गराउन कठिन भएकाले संक्रमणबाट हुने क्षतिलाई न्यूनीकरण गर्न अनलाइन कक्षा सञ्चालन गर्नुपरेको बताएको छ ।

‘विश्वविद्यालय, स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङअन्तर्गतका सम्पूर्ण कार्यक्रमहरूको पठनपाठन अनलाइनमार्फत् गर्ने निर्णय भएको हुँदा सम्बन्धित शिक्षक तथा विद्यार्थीका जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ सूचनामा भनिएको छ ।

प्रतिक्रिया