पोर्टोविरुद्ध चेल्सी विजयी

काठमाडौं । इंग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ । बुधबार राति भएको क्वाटरफाइनलको पहिलो लेगमा चेल्सीले पोर्चुगलको पोर्टोलाई २–० गोलअन्तरले पराजित गरेको हो ।

घरेलु टिम पोर्टोविरुद्ध चेल्सीले सहज जित निकालेको हो । चेल्सीको जितमा मासोन माउन्ट र बेन चिलवेलले गोल गरे । पहिलो हाफमा एक गोल गरेको चेल्सीले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो । खेलको ३२ मिनेटमा मासोनले गोल गर्दै चेल्सीलाई १–० गोलको अग्रता दिलाए ।

खेलको ८५ औं मिनेटमा बेन चिलवेलले गोल गर्दै चेल्सीलाई २–० गोलको जित दिलाए। यो जितेसँगै चेल्सीले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । अब चेल्सीले पोर्टोसँग आफ्नै मैदानमा १४ अप्रिलमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया