भिडभाड नगर्न र रात्रिकालिन व्यवसाय राती ९ बजेपछि बन्द गर्न आग्रह

काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम कम गर्न भिडभाड नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार साँझ एक सूचना जारी गर्दै सार्वजनिक स्थलहरुमा भिडभाड नगर्न आग्र गरेको हो । विश्वव्यापी रुपमा कोभिड संक्रमण र यसबाट मृत्यु हुनेको संख्या बढ्दै गएको तथा नेपालमा समेत संक्रमण दर बढी देखिएकोले भिडभाड नगर्न मन्त्रालयले आग्रह गरेको हो ।

हाल विश्वव्यापी रुपमा कोरोनाको बेलायत भेरियन्टको संक्रमण बढ्दै गएको र नेपालमा स्वास्थ्य मापदण्ड उलंघन भइरहेकोले कडाइ गर्न लागेको जनाएको छ ।

मन्त्रालयका सहप्रवत्ता डा समिर कुमार अधिकारीले जारी गरेको सूचना अनुसार अब रात्रिकालिन व्यवसाय तथा होटल, रेष्टुरेन्ट राती ९ बजेपछि बन्द गरिने छ । त्यस्तै, मास्कको प्रयोग अनिवार्य गर्ने, संक्रमिट पहिचानका लागि कन्ट्रयाक्ट टे«सिङ बढाउने, एन्टिजेट तथा पिसिआर परीक्षण बढाउने निर्णय गरेको छ ।

ठूला सरहमा ५ सयभन्दा बढी र साना सहरमा १ सय भन्दा बढी संक्रमित भए आवागमन बन्द गरिने, विदेशबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने नियमका कडाइ गरिने, शैक्षिक संस्थाहरुमा उच्च सतर्कता अपनाउने, सपिङ मल, सिनेमा हल, नागघर, क्लब, स्वीमिङ पुल, पार्टी प्यालेस, मन्दिरमा भिडभाड नगर्न, गर्न दिदिन पनि मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई आग्रह गरेको हो ।

 

प्रतिक्रिया