राइस कुकुरभित्र लुकाएर ल्याइएको १ किलो सुनसहित एक पक्राउ

काठमाडौं । दुबईबाट राइस कुकुरभित्र लुकाएर  झण्डै १ किलो सुन ल्याउँदै गर्दा त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ परेका छन् ।

फ्लाइ दुबई विमानबाट मंगलबार राती सबा १० बजे विमानस्थल उत्रिएका धनुषाका प्रकाश महरालाई विमानस्थल प्रहरी र विमानस्थल भन्सारको संयुक्त अप्रेसन टोलीले पक्राउ गरेको विमानस्थल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए ।

‘कुकरभित्रै पगालेर राखिएको जस्तो देखिन सुनको प्लेट ८८४ ग्राम र हातमा लगाएको ५० ग्रामको बालासहित प्रकाश महरा प्रक्राउ परेका छन्,’ मकालु खबरसँग बास्तोलाले भने, ‘भित्र सुन राखेर माथिबाट आल्मुनियमकै पाटाले कभर गरिएको थियो ।’

उक्त कुकरको तौल शंकास्पद देखिएपछि प्रहरीले कुखुर खोलेर हेर्दा सुन भेटिएको थियो । सुन भन्सारको जिम्मा लगाइएको छ भने महरामाथि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको उनले बताए ।

प्रतिक्रिया