पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ५ सय रुपैयाँले बढेको हो ।

यस दिन छापावाल सुन प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रततोला तोलाको ८७ हजार ५५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

बुधबार चाँदी प्रतितोला १ हजार २४५ रुपैयाँ कायम भएको छ । यस दिन चाँदीको मूल्य स्थिर रहेको ।

 

प्रतिक्रिया