‘इन्डोर’ फुटबललाई मध्यनजर गर्दै भकुण्डो एप्लिकेसन सञ्चालनमा

काठमाडौं । विश्वभरी नै पछिल्लाे समय इन्डोर गेमकाे क्रेज बढ्दाे छ । इन्डोरमा पनि फुटसल खेल निकै चर्चित छ । सानाे टीममा प्रतिस्पर्धात्मक खेल निकै राेमाञ्चक हुने भएकाले छाेटाे समयमा नै युवापुस्तामाझ रूचाइएकाे खेल बन्न पुगेकाे हो ।

ठूलाे चाैरमा खेल खेल्न असम्भवजस्तै भएकाे शहरिया जीवनशैलीमा फुटशलले खेलाडी तथा अन्य साथीभाइ जम्काभेट गरी रमाइलाे गराैँ भन्ने मानिसहरूलाई पनि जाेड्ने गरेकाे छ । यही परिवेश र जीवनशैली अनुसार प्रविधिकाे उच्चतम सदुपयाेगमार्फत फुटसल व्यवसायलाई व्यवस्थित बनाउने उद्देश्यले मार्केट प्राे प्राइभेट लिमिटेडले भकुण्डाे एप्लिकेशन सञ्चालनमा ल्याएको छ ।

फुटसलकाे लाेकेशन र अव्यवस्थित व्यवस्थापनबाट आजित भएपछि दिमागमा भकुण्डाेकाे आइडिया आएकाे यसका निर्माता बताउँछन् ।

स्थानीयस्तरमा रहेका फुटसलहरूमा आफूले चाहेकाे समयमा चाहेकाे टीमसँग प्रतिस्पर्धा गर्न पाइयाेस् , एप्लिकेसनमार्फत् नै अन्य टीमबारे जानकारी लिन सकियाेस् , एप्लिकेसनबाट नै फुटसलहरूकाे बारेमा सम्पूर्ण जानकारी प्राप्त गर्न सकियाेस् भन्ने उद्देश्यले यस एप्लिकेसन सञ्चालनमा ल्याएको बताउँछन् मार्केट प्राे प्राइभेट लिमिटेडका सञ्चालक कमल बहादुर शाही ।

एप्लिकेसमनमा आफ्नाे लाेकेसनअनुसार फुटसल छान्न, आफ्नाे टीम निर्माण गर्न, टीम व्यवस्थापन गर्न, रियल टाइम समाचारहरू पढ्न, अन्य टीम तथा व्यक्तिहरूकाे टाइमलाइनमा विभिन्न रियाक्टहरू गर्न तथा विभिन्न फुटसलहरूले प्रदान गर्ने अफरहरूकाे बारेमा एप्लिकेशनमार्फत नै जानकारी लिन र आफ्नाे टीम र अन्य टीमबीच खेल खेल्नका लागि आमन्त्रणसमेत गर्न सकिनेलगायतका सुविधाहरू उपलब्ध रहेको शाहिले बताए ।

फुटबलप्रेमी युवापुस्ताहरूलाई लक्षित गरी एप्लिकेसन निर्माण गरिएकाे सञ्चालक शाहीले जानकारी दिए ।

शाही भन्छन्‚ ‘तपाईंकाे आफ्नाे टीम र अन्य टीमबीच जहिलेसुकै, जहाँसुकै खेल खेल्न मन लागेमा याे एप्लिकेसनमार्फत् फुटसल बुक गर्न पाउनुहुन्छ, तपाईं कहिँ कतै एक्लै भएकाे बेलामा तपाईंलाई फुटसल खेल्न मन लागेमा याे एप्लिकेसनमार्फत् तत्काल उक्त ठाउँकाे टीम खाेजी खेल खेल्न पाउनुहुन्छ । साथै रियल टाइम समाचारहरूसमेत याे एप्लिकेसनमार्फत पढ्न सक्नुहुन्छ ।’

प्रतिक्रिया