डोर्टमुन्डविरुद्ध सिटीको जित

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा जित निकालेको छ । मंगलबार राति भएको क्वाटरफाइनलको पहिलो लेगमा सिटीले जर्मन क्लब बोरुसिया डोर्टमुन्डलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

घरेलु टिम सिटीले सुरुवात मै गोल गर्दै अग्रता बनाएको थियो । केभिन डे ब्रुयनले खेलको १९ औं मिनेटमा गोल गर्दै म्यानचेस्टर सिटीलाई १–० गोलको अग्रता दिलाएका थिए । उनकै गोलमा म्यानचेस्टर सिटीले खेलको पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो ।

सुरुवातदेखि नै खेलमा आफ्नो पकड बनाएको सिटीले एक पछि अर्को गोल गर्ने अवसर सिर्जना गरेको थियो । तर खेलको ८४ औं मिनेटमा डोर्टमुन्डका मार्को रेउसले गोल गर्दै खेलमा १–१ गोलको बराबरी बनाए । खेलको ९० औं मिनेटमा सिटीले गोल गर्दै डोर्टमुन्डलाई हराएको हो । इल्के गुन्डोगनको पासमा फिल फोडेनले गोल गर्दै म्यानचेस्टर सिटीलाई २–१ गोलको जित दिलाए ।

प्रतिक्रिया