च्याम्पियन्स लिग : रियल मड्रिडसँग लिभरपुल पराजित

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा जित निकालेको छ । मंगलबार राति भएको क्वाटरफाइनलको पहिलो लेगमा रियलले इंग्लिस क्लब लिभरपुललाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।

घरेलु टिम रियलले पहिलो लेगमा जित निकाल्दै सेमिफाइनल यात्रालाई सहज बनाएको छ । खेलको पहिलो हाफमा दुई गोल गरेको रियलले दोस्रो हाफमा एक गोल थप्दा एक गोल खाएको थियो । खेलको २७ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाए । खेलको ३६ औं मिनेटमा मार्को एसेन्सियोले गोल गरेपछि रियलले लिभरपुलविरुद्ध पहिलो हाफमा नै २–० गोलको अग्रता बनाएको थियो ।

खेलको ५१ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई २–१ को स्थितिमा ल्याए । तर भिनिसियसले खेलको ६५ औं मिनेटमा अर्को गोल गरेपछि भने रियलले ३–१ गोलको अग्रता बनायो । आफ्नो अग्रतालाई कायमै राख्दै कप्तान सर्जियो रामोसबिना नै रियलले लिभरपुलविरुद्ध ३–१ गोलको जित निकालेको हो ।

प्रतिक्रिया