शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर बुटवलमा

काठमाडौँ । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले मंगलबार नेपालमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ ।

उक्त सर्भिस सेन्टर बुटवलको राम मन्दिर लाइन, सिंह कम्प्लेक्समा संचालनमा ल्याइएको हो । शाओमीका अन्य सर्भिस सेन्टरहरू पोखरा, नारायणघाट,नेपालगञ्ज, इटहरी , धनगडी र काठमाडौंमा अवस्थित छन् ।

ब्राण्डको रुपमा शाओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयासहरू प्रदर्शन गरिरहेको छ र नेपालमा आफ्टर सेल्स् सर्भिस नेटर्वक विस्तार गरेर यसतर्फ महत्वपूर्ण कदम चालेको छ ।

यस अवसरमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले भने, ‘शाओमीमा हामी वास्तवमै सबैलाई नवीनतम प्रविधिको पहुँच पुर्याउन केन्द्रित छौं । शाओमीमा सर्भिसको गुणस्तर प्रमुख स्तम्भ हो । र, हामी बिक्रीपछिको सेवा र ग्राहकको सेवाप्रतिको प्रयासमा हाम्रा नवीनतम् उपायहरुको उत्तम कार्यान्वयन गर्न जारी राख्दछौं ।’

यो नवीनतम प्रयासहरूले देशभर अघि बढ्न मद्दत गर्दै नेपाली ग्राहकहरू र मी फ्यानहरुको माया र विश्वास हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए ।

उनले अगाडि भने‚ ‘बुटवलको यो नयाँ सर्भिस सेन्टरले ग्राहकहरुको जीवनलाई अझ सहज बनाउँदै शाओमीको सेवाहरुको अनुभव गर्नेे अवसर प्रदान गरेको छ । हामीले आशा गरेका छौं कि यो नयाँ सर्भिस सेन्टरले हाम्रा नेपालभरका सबै प्रयोगकर्ताहरुलाई उच्च गुणस्तरीय सेवा पुर्‍याउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ ।’

यी सर्भिस सेन्टरहरु सञ्चालनमा आएसँगै नेपालको प्रयोगकर्ता समुदायमा आधिकारिक उत्पादनहरुको प्रयोग बढेको छ ।

सेवाको टर्नअराउन्ड समय र पर्याप्त पहुँच योग्यतामा उल्लेखनीय गिरावटले नेपालमा मी फ्यानहरूप्रति ब्राण्डको प्रतिबद्धता प्रदर्शन गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

यो सर्भिस सेन्टर समुद्घाटन अवसरमा शाओमी नेपालले शाओमीका सबै उत्पादहरूमा वारेन्टी कार्ड भए नभएका सम्पूर्णका लागि एक हप्तासम्म निः शुल्क सर्भिसिंग प्रदान गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया