मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

मनाङ मर्स्याङ्दीलाई हराउँदै संकटा सेमिफाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दीलाई हराउँदै संकटा क्लबले आहा रारा गोल्डकपको सेमिफाइनल सुरक्षित गरेको छ ।

पोखरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धा पोखरामा गर्विलो छवि बनाएको मनाङ मर्स्याङ्दी क्लब पोखरामा पहिलो खेलबाट गोल्डकप यात्राबाट टुंग्याएको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा फोफोना फोडेले गरेको गोल निर्णायक बन्दा संकटाले विभागीय प्रतिद्वन्द्वी एपिएफसँग सेमिफाइनलमा भेट पक्का गरेको हो ।

संकटाका अमित तामाङले फ्रिकिकमार्फत दिएको पासमा फोफोनाले जाली चुमाउँदा अन्तिम चार यात्रा सम्भव भएको हो ।

पराजयसँगै मनाङ मर्स्याङ्दी सम्भवतः पोखराको मैदानमा पहिलो खेलबाटै बाहिरिएको यो पहिलोपटक हो । पोखराको मैदानमा आहा रारा गोल्डकप मनाङ मर्स्याङ्दीले ६ पटक उचालिसकेको इतिहास छ ।

मंगलबारको अन्तिम क्वार्टरफाइनल खेल रुस्लान थ्रीस्टार र नेपाल पुलिस क्लबबीच हुनेछ ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com