एपीएफविरुद्ध आर्मीको जित, अर्को खेलमा पुलिस पराजित

काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले पाँचौं आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग च्याम्पियनसिपको पुरुषतर्फ जित निकालेको छ । सोमबार भएको खेलमा आर्मीले अर्को विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा आर्मीले एपीएफलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । आर्मीले एपीएफलाई २५–१५, २५–१८ र २८–२६ अंकले पराजित गरेको हो । सोमबार नै भएको अर्को खेलमा हेल्प नेपालले पुलिस क्लबलाई ३–० को सोझो सेटमा नै पराजित गरेको छ । हेल्पले पुलिसलाई २५–२२, २५–१६ र २५–२० अंकले पराजित गरेको हो ।

शीर्ष स्थानमा रहेको हेल्प नेपालले चार खेलमा शतप्रतिशत जित निकाल्दै १२ अंक बनाएको छ । यता, आर्मीले पनि एपीएफलाई पराजित गर्दै ९ अंक बनाएको छ । एपीएफको पनि ९ अंक नै छ । यस्तै चार खेलबाट नेपाल पुलिसको ६ अंक र बुलबुलेको पनि समान खेलबाट ६ अंक नै छ ।

नेपाल भलिबल संघको आयोजना जारी प्रतियोगिताको महिलातर्फ एपीएफ क्लबले आर्मीलाई पराजित गरेको छ । एपीएफले आर्मीलाई १९–२५, २५–१०, २५–१७ र २५–२२ ले पराजित गर्दै तीन अंक बटुलेको हो । त्यस्तै अर्को खेलमा भरतपुर मेट्रोले पहिलो जित निकाल्दै अंक तालिकामा ३ अंक जोड्न सफल भयो । भरतपुरले ढोरपाटन स्पोर्ट्स क्लबलाई २५–२१, २५–१२ र २५–१३ ले पराजित गरेको हो ।

प्रतिक्रिया