गौतमबुद्ध रंगशाला निर्माणमा खेलाडीको ऐक्यबद्धता

काठमाडौँ । धुर्मस-सुन्तली फाउन्डेसनको अगुवाइमा चितवनको भरतपुर नगरपालिकामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा २६ खेलाडीले ऐक्यबद्धता जनाएका छन् ।

ऐक्यबद्धता जनाउनेमा ओलम्पियन दीपक विष्टसहित २६ खेलाडी छन् । विष्ट रंगशालाका खेलकुद समितिका संयोजक समेत हुन् । आइतबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै उनीहरुले नेपाली खेलाडीको धरोहर निर्माण भइरहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित देशका क्रियाशील महत्वपूर्ण पार्टीका शीर्षस्थ नेताहरुको उपस्थितिमा रंगशाला निर्माणका लागि जग्गा हस्तान्तरण भएको स्मरण गर्दै खेलाडीहरुले यस महान अभियानमा जोडिन पाउँदा गर्व महसुस भएको विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।

हेर्नुहोस् विज्ञप्ति :-

प्रतिक्रिया