सेभियासँग हार्‍यो एथ्लेटिको मड्रिड

काठमाडौं । एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सेभियासँग हार ब्यहोरेको छ । आइतबार राति भएको खेलमा सेभियाले एथ्लेटिको मड्रिडलाई १-० गोलले पराजित गरेको हो ।

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको सेभियाले दोस्रो हाफमा गोल गर्दै जित निकालेको हो । खेलको ७० औं मिनेटमा मार्कस एकनाले गोल गर्दै सेभियालाई जित दिलाए । लिग लिडर एथ्लेटिको मड्रिडले सेभियासँग निकै कमजोर प्रदर्शन गरेको थियो ।

स्पेनिस ला लिगामै भएका अन्य खेलमा सेल्टा भिगोले अलाभेसलाई ३-१ ले, काडिजले भ्यालेन्सियालाई २-१ गोलअन्तरले हराउँदा रियल बेटिस र इल्चे भने १-१ गोलको बराबरीमा रोकिएका छन् ।

यो हारसँगै उपाधि दौडमा रहेको एथ्लेटिको मड्रिडलाई ठूलो झड्का लागेको छ । आफ्नो महत्वपूर्ण खेलमा एथ्लेटिको मड्रिडले तीन अंक गुमाएको हो ।

लिगको शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडले २९ खेलबाट ६६ अंक छ । एथ्लेटिको मड्रिडलाई हराएको सेभियाको २९ खेलबाट ५८ अंक भएको छ । लिगको दोस्रो स्थानमा रहेको रियल मड्रिडको २९ खेलबाट ६३ र तेस्रो स्थानको बार्सिलोनाको २८ खेलबाट ६२ अंक छ ।

प्रतिक्रिया