प्रिमियर लिगमा युनाइटेडको जित

काठमाडौं । म्यानचेस्टर युनाइटेडले इंग्ल्सि प्रिमियर लिग फुटबलमा जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले ब्राइटनलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।

घरेलु टिम युनाइटेडले उत्कृष्ट पुनरामगन गर्दै जित निकालेको हो । पहिलो हाफमा एक गोललले पछि रहेको युनाइटेडले दोस्रो हाफमा दुई गोल गर्दै जित निकाल्न सफल भयो । खेलको १३ औं मिनेटमा नै डेनी वेलबेकले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाए । १-० को अग्रता ब्राइटनले पहिलो हाफसम्म कायमै राखेपनि दोस्रो हाफमा गोल खाँदा हारेको हो ।

खेलको ६२ औं मिनेटमा मार्कस राष्फोर्डले गोल गर्दै युनाइटेडलाई १-१ गोलको बराबरी दिलाए । ८३ औं मिनेटमा मासन ग्रिनवोडले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई २-१ गोलअन्तरले पराजित गरेको हो । प्रिमियर लिगमै भएका अन्य खेलमा साउथह्याम्पटनले बर्नलीलाई ३-२ गोलअन्तरले पराजित गर्दा एस्टन भिल्लाले फुलहामलाई ३-१ गोलले पराजित गरेको छ। यता, टोटेनहम र न्युक्यासलले भने २-२ गोलको बराबरी खेलेका छन् ।

दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले जितसँगै ३० खेलबाट ६० अंक बनाएको छ । पराजित ब्राइटनको भने ३० खेलबाट ३२ अंक छ । लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको ३१ खेलबाट ७४ अंक छ ।

प्रतिक्रिया