निमा, विजय, मंगल र जुनी सर्वोत्कृष्ट

काठमाडौं । निमा घर्ती मगर, विजयी सिन्जाली, मंगलप्रसाद थारु र जुनी राई उसु अवार्डमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीद्वारा आयोजित अवार्डको थाउलोतर्फ महिलामा निमा र पुरुषमा विजयी सिन्जाली सर्वोत्कृष्ट चुनिएका हुन् । सान्सौंको पुरुषमा मंगल र महिलामा जुनी सर्वोत्कृष्ट चुनिए । भक्तपुरको सूर्यविनायकमा भएको कार्यक्रममा दीपक हमालले उदीयमान खेलाडीको अवार्ड जिते। सुस्मिता तामाङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन् ।

आठौं राष्ट्रिय खेलकुद र १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रदर्शनलाई मध्यनजर गरी खेलाडी छनोट गरिएको आयोजकले जनाएको छ । अवार्ड विजेता सबै खेलाडी आठौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता हुन् । ६ जना खेलाडीले नै १३ औं सागमा पनि पदक जितेका थिए । मंगल बाहेक सबै खेलाडीले १३ औं सागमा स्वर्ण जितेका थिए । मंगलले भने रजत जितेका थिए ।

प्रतिक्रिया