विपक्षी एमालेद्वारा काठमाडौंमा समानान्तर कमिटी गठन

काठमाडौं । विपक्षी एमाले (माधवकुमार नेपाल खेमा) ले काठमाडौंमा जिल्ला समानान्तर कमिटी गठन गरी घोषणा गरेको छ । आइतवार काठमाडौंमा भएको भेलाले वसन्त मानन्धरको अध्यक्षतामा समानान्तर जिल्ला कमिटी घोषणा गरेको हो ।

बागमती प्रदेशका प्रदेश सभा सदस्य तथा एमाले केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यसमेत रहेका मानन्धर पुस ७ गते साविक नेकपा विभाजनपछि दाहाल–नेपाल समूहका जिल्ला अध्यक्षसमेत बनेका थिए । यस्तै कमिटीको उपाध्यक्षमा शोभा सापकोटा, सचिवमा कुसुम कार्की र उपसचिवमा लक्ष्मीप्रसाद श्रेष्ठ छन् ।

शनिवार नेताद्वय नेपाल–झलनाथ खनालको उपस्थितिमा बनाइएको कमिटीमा २ सय २५ सदस्य छन् ।

प्रतिक्रिया