भारतको छत्तीसगढमा नक्सलवादीद्वारा २२ सुरक्षाकर्मीको हत्या

छत्तीसगढ । भारतमा नक्सलवादीहरुको आक्रमणमा परी कम्तिमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

शनिबार भारतको छत्तीसगढ प्रदेशअन्तर्गत पर्ने विजपुरमा घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

‘छत्तीसगढको सुक्मा-विजपुरमा नक्सल विद्रोहीहरूको आक्रमणमा परी कम्तिमा २२ सुरक्षाकर्मीको ज्यान गएको छ,’ स्थानीय प्रहरी प्रमुख कमलोचन कश्यपले भने । घटनामा परी अरु ३१ जना घाइते पनि भएको उनले जानकारी दिए ।

छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले घटनामा परी घाइते भएकाहरू खतरामुक्त रहेको बताए ।

उनले अरु २१ जना प्रहरी सम्पर्कविहीन रहेको र उनीहरुको खोजी भइरहेको पनि पत्रकारहरुलाई जानकारी दिए ।

केन्द्रीय गृहमन्त्री अमित शाहले फोन गरेर उद्धार तथा खोजीका बारेमा चासो राखेको पनि मुख्यमन्त्री बघेलले बताए ।

प्रतिक्रिया