बंगलादेशमा एकसाता लामो लकडाउन घोषणा

ढाका । कोरोना संक्रमण फेरि बढ्न थालेपनि बंगलादेशमा सोमबारदेखि लागू हुनेगरी एक साता लामो लकडाउनको घोषणा गरिएको छ ।

कोरोना संक्रमणको नयाँ तरंग आएसँगै शनिबार बंगलादशी सरकारले अप्रिल ५ देखि एक सातासम्म लकडाउन गर्ने घोषणा गरेको हो ।

सडक यातायात तथा पूल मन्त्रीसमेत रहेका अवामी लिग पार्टीका महासचिव ओबाइदूल क्वाडरका अनुसार यहाँको सरकारले एक साता लामो लकडाउनको घोषणा गरेको हो ।

‘लकडाउनको अवधीभर हरेक कार्यालय तथा अदालतहरू बन्द गरिनेछन् । तर, उद्योगधन्दा र खाद्यसंस्था भने पालैसँग खुल्नेछन्,’ बंगलादेशका जनप्रशासन राज्यमन्त्री फरहाद हुसैनले भने ।

शुक्रबार बिहान ८ बजेसम्ममा २४ घण्टाभित्र बंगलादेशमा थप ६ हजार ८ सय ३० जनामा कोरोना संक्रमण देखिएको छ भने योसँगै यहाँ कूल संक्रमितको संख्या ६ लाख २४ हजार ५९४ पुगेको छ । बंगलादेशमा संक्रमणबाट शुक्रबारमात्रै ५० जनाको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

प्रतिक्रिया