सिटीको स्वास्थ्य शिविरबाट २२३ जनाले लिए लाभ

काठमाडौँ । सिटी स्पेशलिटी हेल्थ क्लिनिकको आयोजनामा काठमाडौँको अनामनगर चोकमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

नि:शुल्क स्वास्थ्यमा बाथरोग, मधुमेह, थाइराइड तथा मिर्गौला रोगको निःशुल्क स्वास्थ्य परीक्षण तथा रब्क्तदान कार्यक्रममा २२३ जनाले उपचार गराएको क्लिनिककी प्रवन्ध निर्देशक मीना थापा मगरले बताइन् । स्वास्थ्य शिविरमा सहभागीहरुको निशुल्क स्वास्थ्य जाँच, रगत जाँच तथा औषधी वितरण गरिएको मगरले बताइन् ।

सो अवसरमा एक सय ११ जनाले रक्क्तदान समेत गरेका मगरले बताइन् । शिविरमा सीबीसी, इएसआर, सुगर, युरिक एसिड, क्रिटिनाइन, एसजीपीटी, आरए फ्याक्टर, यूरीन आदिको निःशुल्क जाँचको व्यवस्था गरिएको थियो ।

साथै थाइराइड जाँच (टिएसएच) रु १५०, मुटुको जाँच (इसीजी) रु १०० र अन्य जाँचमा २५ प्रतिशत छुटको व्यवस्था समेत शिविरमा गरिएको निर्देशक मगरले बताइन् । त्रिवेणी युवा क्लब सहकार्यमा रक्तदान कार्यक्रम समेत सञ्चालन भएको उनले बताइन् ।

सिटी स्पेशलिटी हेल्थ क्लिनिक र त्रिवेणी युवा क्लब, काठमाण्डौ महानगर वडा कार्यालय २९, शिखर युवा क्लब, कालिका महाबिर स्पोर्ट क्लब, वीर गणेशमान सिंह, नागरिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन भएको हो ।

प्रतिक्रिया