बायर्नसँग लाइपजिग पराजित

काठमाडौं । डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिकले बुन्डेसलिगा फुटबलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले लिगको दोस्रो स्थानमा रहेको लाइपजिगलाई १-० ले पराजित गरेको हो ।

आफ्नो मुख्य फरवार्ड रोर्बट लेवान्डोस्की विनै मैदानमा उत्रिएको बायर्नले लाइपजिगलाई पराजित गर्दै उपाधि यात्रामा अझ बलियो बनेको हो । घरेलु टिम लाइपजिगविरुद्ध खेलको ३८ औं मिनेटमा लियोन गोरेट्जकाले गोल गर्दै बायर्नलाई अग्रता दिलाए। यहि अग्रतालाई कायमै राख्दै बायर्नले लाइपजिगलाई १-० गोलले पराजित गरेको हो ।

बुन्डेसलिगामा बोरुसिया डोर्टमुन्ड भने फ्रन्कफुर्टसँग २-१ गोलअन्तरले पराजित भएको छ । त्यस्तै, लिभरकुसेनले साल्केलाई २-१ गोलले नै पराजित गरेको छ ।

शीर्ष स्थानमा रहेको बायर्नले जितसँगै सात अंकको अग्रता बनाएको छ । बायर्नले २७ खेलबाट ६४ अंक बनाउँदा लिगको दोस्रो स्थानमा रहेको पराजित लाइपजिगको भने २७ खेलबाट ५७ अंक छ ।

प्रतिक्रिया