आर्सनलविरुद्ध लिभरपुलको जित

काठमाडौं । साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई ३-० गोलले पराजित गरेको हो ।

घरेलु टिम आर्सनलविरुद्ध लिभरपुलका डियागो जोताले दुई र मोहम्मद सलाहले एक गोल गरे । पहिले हाफसम्म गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा गोल गर्दै जित निकालेको हो । खेलको ६४ औं मिनेटमा जोताले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । खेलको ६८ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २-० को अग्रता दिलाए ।

एकपछि अर्को गोलको अवसर निकालेको लिरभपुलले तेस्रो गोल भने खेलको ८२ औं मिनेटमा गरेको थियो । जोताले गोल गर्दै लिभरपुललाई ३-० गोलको जित दिलाए । त्यस्तै, शनिबार नै भएको अर्को खेलमा लिड्स युनाइटेडले शेफिल्ड युनाइटेडलाई २-१ गोलअन्तरले पराजित गरेको छ ।

जितसँगै लिभरपुल लिगको पाँचौ स्थानमा उक्लिएको छ। लिभरपुलको ३० खेलबाट ४९ अंक भएको छ । पराजित आर्सनलको भने ३० खेलबाट ४२ अंक छ ।

प्रतिक्रिया