लेस्टरविरुद्ध म्यानचेस्टर सिटीको जित

काठमाडौं । लिग लिडर म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई २-० गोलअन्तरले पराजित गरेको हो ।

घरेलु टिम लेस्टर सिटीविरुद्ध म्यानचेस्टर सिटीले दुबै गोल दोस्रो हाफमा गरेको हो । पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको लेस्टर सिटीविरुद्ध बेन्जामिन मेन्डीले खेलको ५८ औं मिनेटमा गोल गर्दै म्यानचेस्टर सिटीलाई अग्रता दिलाए । खेलको ७४ औं मिनेटमा गाब्रियल जिससले गोल गरेपछि म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई २-० गोलअनतरले पराजित गरेको हो ।

लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले यो जितसँगै उपाधि यात्रालाई झनै बलियो बनाएको छ । ३१ खेलबाट म्यानचेस्टर सिटीले ७४ अंक बनाएको छ । तेस्रो स्थानमा रहेको लेस्टर सिटीको भने ३० खेलबाट ५६ अंक छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको २९ खेलबाट ५७ अंक छ ।

प्रतिक्रिया