आर्मीको लगातार दोस्रो जित, अर्को खेलमा न्यू डायमण्ड पनि विजयी

काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लब र न्यू डायमण्ड एकेडेमीले पाँचौं आरबीबी एनभिए कप राष्ट्रिय क्लब लिग भलिबल च्याम्पियन सिपको महिलातर्फ जित निकालेका छन् ।

शनिबार भएको खेलमा आर्मी र न्यू डायमण्डले जित निकालेका हुन् ।

त्रिुपरेश्वरस्थित कभर्डहलमा भएको खेलमा आर्मीले लगातार दोस्रो जित निकालेको हो। आर्मीले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सेटमा पराजित गर्न सफल भयो । आर्मीले ढोरपाटनलाई २५–१२, २५–० र २५–५ को सोझो सेटमा हराएको हो ।

यसअघि आर्मीले आफ्नो पहिलो खेलमा शुक्रबार (हिजो) न्यु डायमण्डलाई ३–२ को सेटमा पराजित गरेको थियो । आर्मीले न्यु डायमण्डलाई २५–१७, २०–२५, २५–२३, १५–२५ र १५–१२ ले हराएको थियो ।

शनिबार नै भएको अर्को खेलमा न्यू डायमण्डले आफ्नो तेस्रो खेलमा दोस्रो जित निकालेको छ। न्यू डायमण्डले भरतपुर महानगर खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा हराएको हो ।

न्यू डायमण्डले भरतपुरलाई २५–१२, २५–७ र २५–१७ को सेटमा हराएको हो । यसअघि आफ्नो पहिलो खेलमा न्यू डायमण्डले ढोरपाटन स्पोर्टस् क्लबलाई पराजित गरेको थियो ।

प्रतिक्रिया