पत्रकार महासंघको निर्वाचनका लागि आचार संहिता जारी

काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले आचारसंहितमा जारी गरेको छ । समितिका अनुसार मतदानका बेला क्यामेरा, रेकर्डर र मोबाइल फोन जस्ता सामाग्रीहरु लिएर जान नपाइने भएको हो ।

मतदाताले निर्वाचन समितिद्वारा जारी भएको परिचयपत्र, मतदाता परिचयपत्र वा महासंघले जारी गरेको परिचयपत्रका आधारतमा मतदान गर्न पाउने छन् । त्यस्तै, मतदान प्रकृया सुरु भएसँगै मतदानस्थल परिसरभित्र प्रचार प्रसार गर्न, नाराजुलुस गर्न, भाषण गर्न, पोष्टर टाँस्न, पर्चा पम्प्लेट वितरण गर्न रोक लगाइएको छ ।

महासंघको नयाँ नेतृत्वको वैशाख २५ गते निर्वाचन हुँदैछ । निर्वाचनमा १३ हजार १ सयभन्दा बढी मतदाता छन् ।

प्रतिक्रिया