आहा राराको उद्घाटन खेलमा आयोजक र एपिएफ भिड्दै

काठमाडौं । मोफसलको ठूलो फुटबल प्रतियोगिता १८औँ संस्करणको आहा रारा गोल्डकप आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब भिड्दैछन् ।

खेल पोखरा रंगशालामा दिउँसो २ः३० बजे सुरु हुनेछ । ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगितामा एक विदेशीसहित ९ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजक सहारा क्लबले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीले १० लाख एक हजार तथा उपविजेताले पाँच लाख एक हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा यस वर्षदेखि राजनीतिज्ञ एवं उद्योगपति सूर्य बहादुर केसीको स्मृतिमा प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार नगदसहित पुरस्कृत गरिने भएको छ ।

प्रतिक्रिया