समृद्धि र असभलाई उपाधि

काठमाडौं । तेस्रो जुनियर आईएमई खुला टेनिस प्रतियोगिता अन्तर्गत यु-१२ गल्र्स तर्फको उपाधि समृद्धि महर्जनले उचाल्दा यु-१० ब्वाइज तर्फको उपाधि असभ सम्राट हाडाले जितेको छन् ।

मन्डिखाटारस्थित टेनिस कोर्टमा शुक्रबार भएको फाइनलमा समृद्धिले कर्मिस्ता श्रेष्ठलाई ६-२ र ६-१ को सेटमा पराजित गर्दा यु-१० ब्वाइजतर्फको अन्तिम भेटमा असभले स्पन्दन उदासलाई ६-४ र ६-३ को सेटमा हराउँदै उपाधि जिते । यु-१४ गल्र्सको उपाधिका लागि समिरा थापा र प्रशंसा मोक्तानले अन्तिम दुई स्थान बनाउँदा सोही विधाको ब्वाइजतर्फ प्रनभ मानन्धर र राजवीर प्रधान भिड्ने भएका छन् ।

समिराले जेनि खड्कालाई ६-४ र ६-४ को सेटमा स्तब्ध बनाउँदा प्रशंसाले आध्या पौडेललाई ६-१ र ६-४ ले हराइन् । ब्वाइजतर्फको खेलमा प्रनभले निश्चल कायस्तलाई ६-१ र ६-१ को सेटमा हराउँदै अन्तिम दुईमा स्थान बनाएका हुन् ।

यु-१२ ब्वाइजतर्फको खेलमा दर्शिल श्रेष्ठमाथि रोमाञ्चक जित निकालदै फाइनलमा स्थान बनाए । दर्शिलले सिर्जन भट्टराईलाई ६-१, ४-६ र ६-० को सेटमा हराउँदै उपाधि यात्रा तय गरेका हुन् । कुल १०५ खेलाडीले सहभागिता जनाएको प्रतियोगितामा ब्वाइजतर्फ ६ र गल्र्सतर्फ ५ विधामा प्रतिस्पर्धा भइरहेको छ ।

प्रतिक्रिया