अमेरिकी संसद बाहिर आक्रमण, प्रहरी अधिकारी मारिए

काठमाडौँ । अमेरिकाको राजधानीस्थित संसद भवन क्षेत्रमा भएको आक्रमणमा प्रहरी अधिकारीको मृत्यु भएको छ । एक कार चालकले प्रहरीमाथि चक्कुले आक्रमण गर्दा घाइते प्रहरी अधिकारीको मृत्यु भएको हो ।

बीबीसीले उल्लेख गरेअनुसार संसद भवनको सुरक्षाका लागि बनाइएको पर्खालमा कार ठोक्किएको थियो । त्यसपछि चालकले चक्कु आक्रमण गरे । आक्रमणमा घाइते भएका दुई प्रहरी अधिकारीमध्ये एकको मृत्यु भएको हो । मृत्यु हुनेमा विलियम बिली इभान्स रहेको वासिङ्गटन डिसी महानगरीय प्रहरी विभागले जनाएको छ ।

प्रहरीको गोली लागेर आक्रमण संलग्न व्यक्तिको पनि मृत्यु भएको छ । घटनापछि संसद भवन बन्द गरिएको छ भने प्रहरीले आसपासका नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ । संसद भवनमा तीन महिना पहिले (जनवरी ६) तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गरेका थिए ।

प्रतिक्रिया