आमा बन्दै प्रियंका

काठमाडौं । नायिका प्रियंका कार्की आमा बन्ने भएकी छन् । फेसबुक र इन्स्टाग्राममा एक तस्विर सार्वजनिक गर्दै प्रियंकाले आफू गर्भवती भएको बताएकी हुन् ।

आफ्ना श्रीमान आयुश्मान देशराज जोशीसँगै उभिएको तस्वीर राख्दै उनले लेखेकी छन्‚ ‘अब तपाईं सोध्न बन्द गर्नुस् । हो‚ म गर्भवती भएकी छु ।’

केही दिनअघि मात्र परिवारसँग होली खेलेको उनको तस्विरलाई लिएर उनी गर्भवती भएको अनुमान गरिएको थियो । तर, अहिले भने प्रियंका स्वयंले सामाजिक संजालमार्फत् आफू गर्भवती भएको पुष्टि गरेकी हुन् ।

आमा बन्ने खवरसँगै उनका शुभचिन्तकहरूले उनलाई बधाई दिइरहेका छन्को । गत २०७६ फागुन १६ गते प्रियंका र आयुष्मान विवाह बन्धनमा बाँधिएका थिए ।

https://www.facebook.com/photo?fbid=299169451574310&set=a.243203473837575

प्रतिक्रिया