थ्री नेसन्स कप विजेता खेलाडीलाई जनही ४ लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले थ्री नेसन्स कप फुटबलका विजेता खेलाडीलाई जनही चार लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही चार–चार लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै थ्री नेसन्स कपको उपाधि जितेको थियो । नेपालका लागि सन्जोक राई र विशाल राईले गोल गरेका थिए । उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गरेको थियो ।

यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले विजेता खेलाडीलाई जनही एक–एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया