विपक्षी एमालेद्वारा पाण्डे र भुसालमाथिको कारबाहीको भर्त्सना

काठमाडौं । विपक्षी एमालेको स्थायी कमिटी बैठकले आफ्ना नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि सत्तापक्षीय एमालेले गरेको कारबाहीको भर्त्सना गरेको छ ।

शुक्रबार कंलकीस्थित एक पार्टी प्यालेसमा बसेको बैठकले उक्त कारबाहीको भर्त्सना गरेको नेता भीम रावलले बताए । ‘बैठकले कारबाहीको भर्त्सना गरेको छ,’ बैठकपछि नेता रावलले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलन नै लज्जित बनेको छ ।’

नेता रावलले एमालेको रक्षा र गतिशीलताका लागि पाइला चाल्ने विषयमा छलफल भइरहेको बताए । ‘महाधिवेशन आयोजक समिति गठन गरेर अध्यक्ष ओलीले आफैँलाई अवैध बनाए,’ नेता रावलले भनेका छन्, ‘सबै कामहरु विधानविपरीत छन् ।’

यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले विपक्षी एमालेका नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि पार्टी सदस्यबाटै कारबाही गरेका थिए । तर, कारबाहीमा परेका नेताहरुले भने आफूहरुले कारबाही नमान्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया