नयाँ वर्षको उपलक्ष्यमा ओपो ए१२ ३ जीबीको मूल्य घट्यो

काठमाडौं । प्राविधिक ब्राण्ड ओपोले नेपाली नयाँ वर्षको उपलक्ष्यमा ओपो ए १२ ३ जीबी आकर्षक मूल्यमा उपलब्ध गराएको छ ।

पहिले १६ हजार ५ सय ९० रुपैयाँ मूल्य रहेको उक्त फोनमा मूल्य समायोजन गर्दै अब कम्पनीले १४ हजार ९ सय ९० रुपैयाँमा उपलब्ध गराएको जनाएको छ ।

नेपाली बजारमा उक्त फोन कालो र नीलो गरी दूई रंगमा उपलब्ध रहेको कम्पनीको भनाइ छ । ओपोले नयाँ वर्ष २०७८ लक्षित थप आकर्षक अफरहरु पनि सार्वजनिक गरिने जानकारी दिएको छ ।

ओपो ए१२ ३ जीबीको डिस्प्लेको कुरा गर्दा यसमा ७२०×१५२० पिक्सेल्ससहितको ६.२२ ईञ्चको डिस्प्ले उपलब्ध रहेको ओपोले जनाएको छ ।

साथै ओपो ए१२ ३जीबीमा रहेका क्यामेरा यसमा डुअल रियर क्यामेरा सेटअप उपलब्ध गरिएको छ ।

यसमा १३ एमपी क्षमताको प्राइमरी क्यामेरा र सेकेण्डरी क्यामेराका रुपमा २.०एमपीक्षमताको क्यामेरा जडान गरिएको ओपोले जनाएको छ ।

फोनमा ३जीबी र्‍याम र ३२ जीबी आन्तरिक सञ्चय क्षमता उपलब्ध रहेको जनाएको छ । प्रयोकर्ताले अतिरिक्त सञ्चयक्षमताको आवश्यकता परेमायसमा एक्स्पान्डेबल एक्स्टरनल स्टोरेजको पनिप्रयोग गर्न सक्छन् ।

ब्याट्रीको टेन्सनबाट मुक्त हुन ओपोले ४ हजार २ सय ३० एमएएच क्षमताको ब्याट्री जडान गरिएको जनाएको छ ।

प्रतिक्रिया