गणेसमान सिंह स्मृति फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता हुँदै

काठमाडौं । ललितपुर स्पोर्ट्स क्लब र ताम्राकार समाजको आयोजनामा चैत २० देखि २६ गतेसम्म ललितपुरको जावलाखेलस्थित ताम्रकार समाज भवनमा गणेसमान सिंह स्मृति फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।

ललितपुर स्पोट्र्स क्लबले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।

प्रतियोगिताको विजेताले यामाहा सलुटो मोटर साइकल पुरस्कार पाउनेछन् । उपविजेताले ६० हजार रुपैयाँ पाउँदा तेस्रो र चौथो हुनेले क्रमशः ३० र २५ हजार रुपैयाँ पाउने छन् ।

प्रतियोगिता लिग कम नकआउटको आधारमा हुनेछ। सातौ चरणको स्वीस लिगबाट सेमिफाइनलमा चार जना खेलाडीहरु प्रवेश गर्नेछन् । बाँकी खेलाडीहरुले स्वीस लिग प्रणालीअनुसार नवौँ चरणसम्म खेल्नुपर्नेछ । यो चरणको लागि दुई लाख २६ हजार ४०० रुपैयाँ पुरस्कारको व्यवस्था गरेको छ । जसअनुसार लिगको विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार नगर हात पार्नेछन् ।

त्यस्तै, चौथोदेखि १५ औं सम्मलाई पनि नगद पुरस्कारको व्यवस्था छ । १८०० रेटेड, १६०० रेटेड मूनि, महिला, अनरेटेड, भेट्रान, यु १६ र वेष्ट ललितपुर हुने खेलाडीलाई पनि नगद पुरस्कार राखिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा १५० जना खेलाडीले सहभागिता जनाउने छन् ।

प्रतिक्रिया