पाँचथरमा करेन्ट लागेर एकजनाको मृत्यु

विराटनगर । पाँचथरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । फिदिम नगरपालिका- १२ भोटेगाउँ बस्ने १९ वर्षीय राजु ढुंगानाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको हो ।

बिहीबार बिहान बिजुलीको पुरानो ट्रान्समिटर निकाली नयाँ ट्रान्समिटर जडान गर्ने क्रममा उनको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर अवस्थामा उनलाई समर्पित अस्पताल पाँचथरमा ल्याइएको थियो ।

अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रतिक्रिया