विश्वकपको युरोपियन छनोट: स्पेनको जित, जर्मनी पराजित

काठमाडौं । स्पेनले विश्वकप फुटबलको युरोपियन छनोटमा जित निकालेको छ । बुधबार राति भएको खेलमा स्पेनले कोसोभोलाई पराजित गरेको हो ।

समूह बी’ मा रहेको स्पेनले आफ्नै मैदानमा कोसोभोलाई ३-१ गोलले पराजित गरेको हो । खेलको ३४ औं मिनेटमा डानी ओल्मोले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै फेरान टोरेसले गोल गर्दै पहिलो हफासम्म स्पेनको अग्रतालाई २-० मा पुर्याए ।

खेलको ७० औं मिनेटमा कोसोभोका बेसार हालिमीले गोल गर्दै २-१ को स्थितिमा पुर्याए । तर ७५ औं मिनेटमा जिरार्ड मोरेनोले गोल गरेपछि स्पेनले कोसोभोलाई ३-१ गोलअन्तरले पराजित गरेको हो । यसै समूहमा रहेको ग्रिसले जर्जियासँग भने १-१ गोलको बराबरी खेलेको छ ।

जितसँगै स्पेनको तीन खेलबाट सात अंक भएको छ । दोस्रो स्थानमा रहेको स्वीडेनको भने दुई खेलबाट ६ अंक छ । ग्रिसको दुई र जर्जियाको एक अंक हुँदा कोसोभो भने अंक बिहीन छ ।

त्यस्तै, समूह ‘जे’ मा रहेको जर्मनी भने नर्थ मासेडोनियासँग स्तब्ध बनेको छ । नर्थ मासेडोनियासँग जर्मनी २-१ गोलअन्तरले पराजित भएको हो । यसै समूहमा रहेको अर्मेनियाले रोमानियालाई ३-२ गोलअन्तरले पराजित गरेको छ । लिच्टेनस्टाइन भने आइसल्यान्डसँग ४-१ गोलले पराजित भएको छ ।

त्यस्तै, समूह ‘एफ’ मा डेनमार्कले अस्ट्रियालाई ४-० गोलले पराजित गरेको छ। मोल्डोभा इज्रायलसँग ४-१ ले पराजित हुँदा यसै समूहको अर्को खेलमा स्कटल्यान्डले फारोई आइसल्यान्डलाई ४-० ले हराएको छ ।

प्रतिक्रिया