अध्यक्ष ओलीलाई सुरेन्द्र पाण्डेको स्पष्टीकरण (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओलीमाथि कंगारु अदालत खडा गर्न खोजेको र आफूलाई सोधिएको स्पष्टीकरणपत्रमा शत्रुलाई जस्तै भाषा प्रयोग गरेको बताएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिँदै उनले ‘स्पष्टीकरणसहितको लिखित जवाफ’को मागले ‘कंगारू अदालत’को अभ्यास भएको बताएका हुन् ।

‘चैत २ गते धुम्बाराहीमा तपाईंसहितका नेताहरूबीच भएको छलफलमा हामीले फागुन २८ गतेको तपाईंको गुट भेलाले गरेको निर्णयलाई बदर गरौं, चैत ३ गतेको चियापानलाई रोकौं र ७ गते गर्ने भनिएको गुट भेला तपाईंले रोकेमा चैत ४ र ५ गतेको बैठक रोक्न सकिने भन्ने हाम्रो प्रस्तावलाई किन लत्याउनु भयो ?’ उनले भनेका छन्‚ ‘तपाईंले पार्टी एकता बचाउन हामीले गरेको लचकतापूर्ण प्रस्तावलाई अस्वीकार गरेपछि हामीले उक्त भेला गर्न बाध्य भएका थियौं।’

उनले ओलीमाथि पार्टी विभाजन गर्न खोजेको भन्दै २०७५ जेठ २ मा नफर्किए एमालेको एकता नजोगिनेसमेत बताएका छन् । यसका साथै‚ उनले ओली गुटले गरेको भनिएको निर्णय पार्टी विधानविपरीत भएको जवाफ दिएका छन् ।

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977067581″ /]

प्रतिक्रिया