क्लासिक टेकका ग्राहक र कर्मचारीलाई नेशनल अस्पतालमा विशेष छुट

काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक र नेशनल अस्पतालबिच सम्झौता भएको छ ।

जसअनुसार क्लासिक टेकका ग्राहकहरुले नेशनल अस्पताल विशेष छुट पाउने भएका छन् ।

सम्झौतापछि क्लासिक टेककका कर्मचारीहरु र ग्राहकहरुलाई नेशनल अस्पतालमा औषधि उपचारमा १५ देखि २० प्रतिशतसम्मको छुट प्राप्त गर्ने अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार मेडिकल, ल्याब परीक्षणहरू, तथा अस्पतालको बिरामी बेडको शुल्कमा ग्राहकहरू तथा कर्मचारीहरुले छुट प्राप्त गर्नेछन् ।

क्लासिक टेकले नेपालमै पहिलो पटक आफ्ना इन्टरनेट सेवाका ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राखेर इन्टरनेट सेवा प्रदायक कम्पनीको तर्फबाट यो सम्झौता गरेको जनाएको छ ।

सो सम्झौतामा नेसनल अस्पतालका तर्फबाट अस्पताल प्रबन्धक कमलप्रसाद गजुरेल तथा क्लासिक टेकका कलंकी ब्रान्च म्यानेजर अमृत राज वैद्यले हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतासँगै क्लासिक टेकका ग्राहकहरू तथा कर्मचारीहरू सबैले अन्य विभिन्न सेवाहरू समेत प्राप्त गर्न सक्ने अस्पतालका प्रशासकीय अधिकृत किशोर सुवेदीले जनाएका छन् ।

सो सेवा लिनका लागि कम्पनीका कर्मचारीहरुले क्लासिक टेकको आफ्नो परिचय पत्र देखाउनुपर्ने साथै ग्राहकहरुको हकमा मोबाइल एप वा बिल भुक्तानी भएको प्रमाण पेश गर्नुपर्ने अस्पतालले जनाएको छ ।

इन्टरनेट प्रयोगकर्ता र इन्टरनेट सेवा प्रदायक कम्पनी बीचमा एउटा विश्वास अनि सुमधुर सम्बन्ध बनाउने उद्देश्यका साथ कम्पनी अगाडि बढिरहेको बैंकको भनाइ छ ।

इन्टरनेट व्यवसायलाई केवल व्यापारिक दृष्टिकोणले मात्र नभई सामाजिक रुपान्तरणको प्रमुख साधनको रुपमा अघि बढाउने उद्देश्य लिइएको क्लासिकटेकले जनाएको छ ।

क्लासिकटेकले आफ्नो सेवा, सुविधाका साथै आफ्ना ग्राहकको स्वास्थ्यलाई पनि विशेष ध्यान दिई यो सम्झौता गरिएको जनाएको छ ।

यसले इन्टरनेट प्रयोगकर्ता र इन्टरनेट सेवा प्रदायक कम्पनीबीच सुमधुर अनि सुदृढ सम्बन्ध बनाउने कम्पनीले विश्वास लिएको छ ।

प्रतिक्रिया