मिक्लाजुङमा हात्तिले मान्छे मार्‍यो

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकामा जंगली हात्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका-६ थामीझोडाका ५० वर्षीय याम बहादुर बोहोराको जंगली हात्तीका क्रमणबाट मृत्यु भएको हो ।

छिमेकीको घरबाट टेलिभिजन हेरेर घर फर्किने क्रममा राती जंगलबाट आएका ३ वटा जंगली हात्तीले आक्रमण गरेको थियो । हात्तिले कुल्चिएर गम्भीर घाइते अवस्थामा भेटिएका बोहोराको उपचारको लागि अस्पताल तर्फ लैजादैगर्दा बाटोमै मृत्यु इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

प्रतिक्रिया