पुनरावलोकन दिन सर्वोच्च जाँदै प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालत जाने भएका छन् । उनी नेकपा खारेज गर्ने फैसलाविरूद्ध पुनरावलोकनको निवेदन लिएर आज सर्वोच्च अदालत जाने भएका हुन् ।

कानुन व्यवसायीसहित माओवादी केन्दका अध्यक्ष प्रचण्ड र शीर्ष नेताहरु सर्वोच्च जाने तयारीमा छन् ।  पुनरावलोकन दिन सर्वोच्च अदालत जाने तयारी भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘पार्टीले निर्णय गरिसकेको छ, हामी सकेसम्म आजै जाने तयारीमा छौँ,’ उनले भने,  ‘अहिले आन्तरिक छलफलमा छौं तर, समय कतिबेला भन्ने तय भइसकेको छैन ।’

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता बदर गरिदिएको थियो । सर्वोच्चको फैसलापछि अहिले एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् ।

प्रतिक्रिया