मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी । सुनसरीको दुहबी नगरपालिका-१० स्थित नहरचौकमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गढी गाउँपालिका २ सखुवारे कलरुवा बस्ने ३२ वर्षीय संजय चौधरीको मृत्यु भएको हो ।

सोमबार को९प ७००० नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको को४प ६११२ नम्बरको मोटरसाइकल ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा को४प ६११२ नम्बरको मोटरसाइकल चालक चौधरी गम्भीर घाइते भएका तिए । उनको उपचारका क्रममा विराट टिचिङ अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्का मोटरसाइकल चालक मोरङ झोराहाट नयाबजार बस्ने १८ वर्षीय निकेश बजारु पनि घाइते छन् । उनको जीवन ज्योति अस्पताल दुहबीमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।

प्रतिक्रिया