शाओमीद्वारा नेपालमा स्मार्ट टिभी र इको सिस्टम अनावरण

काठमाडौं । शाओमीले नेपालमा स्मार्ट टिभी र इको सिस्टम भित्र्याएको छ ।

मी टिभी ४ एक्स ६५ इन्च
आफ्नो स्मार्ट टिभीहरुको पोर्टफोलियो विस्तार गर्दै शाओमीले नेपालमा नयाँ मी टिभी ४ एक्स ६५ इन्च मोडल भित्राएको छ । यस मोडलमा ६५ इन्च ४के डिस्प्ले एच.डी.आर र टिभी इन–हाउस एन्ड्रोइडमा आधारित प्याचवाल यू.आईको साथ उपलब्ध रहेको शाओमीले जनाएको छ ।

शाओमी मी टिभी ४एक्स ६५ इन्च क्वाड–कोर अमलोगिक कोर्टेक्स ए ५३ चिपसेटद्वारा सञ्चालित छ र यसमा माली जी.पी.यू. २ जी.बी र्याम र १ जी.बी इन्टरनल स्टोरेज साथमा रहेको छ ।

मी ४ ए ४३ इन्च होराइजन एडिसन
शाओमी मी ४ए ४३ इन्च होराइजन एडिसन मी टिभी ४ एको एक संस्करण हो‚ जसलाई शाओमीले ‘होराइजन डिस्प्ले’को अर्थ दिएको छ अर्थात् यसमा स्लिम बोर्डरहरु छन् ।

मी ४ए ४३ इन्च होराइजन एडिसनको स्क्रीनको अगाडि, बायाँ र दायाँमा वास्तवमै धेरै पातलो प्लास्टिक बोर्डरहरु भएको शाओमीले जनाएका छ । ठाउँ प्रतिबन्धको साथ खरीददारहरूले आफूले सम्भवतः सोचेको भन्दा ठूलो स्क्रिन पाउन सकिने कम्पनीले जनाएको छ ।

तलको मध्यम भागतिर मीको एउटा सानो लोगो छ । स्ट्यन्डबाई लाइटको लागि सानो मोड्युलको साथ आईआर रिसिभर र यसको ठीक तल पावर बटन राखिएको छ । टिभी बेस स्ट्यान्डबिना मात्र ६.६ केजी तौलको रहेको कम्पनीले जनाएको छ ।

मी टिभी ४ए ४०
मी टिभी ४ए ४० को पूर्ण एच.डी. डिस्प्लेले चमकदार रंगको गुणस्तर र क्रिस्प डिटेल प्रदान गर्दछ‚ जसले प्रत्येक दृश्यलाई ठूलो बनाउँछ । २० वाट स्पिकरहरु डीटीएस–एचडी टेक्नोलोजीसँग यो सुसज्जित छ‚ जसले स्पष्ट ध्वनि प्रदान गर्दछ । मनोरञ्जन प्याच वालसँग झनै थप मनोरञ्जन प्रदान हुन्छ जसमा ७००,००० घण्टा भन्दा बढीको सुविधा उपलब्ध भएको कम्पनीले जनाएको छ ।

मी टिभी ४ए ४० टिभीलाई स्मार्ट बनाउने यसमा थप गरिएको एन्ड्रोइड टिभी र गुगल एसिस्ट्यान्ट हो‚ जसले कन्टेन्ट प्ले गर्न अनुमति दिन्छ ।

मी एलइडी टिभी ४ए ३२
मी एलइडी टिभी ४ए ३२ले तपाईंको घरमा पूर्ण सिनेम्यटिक अनुभव प्रदान गर्दछ । यसमा फिचर्ड पूर्ण एचडी एलईडी डिस्प्लेले स्पष्ट र रंग प्रदान गर्दछ । यसमा डुअल १० वाट स्टेरियो स्पिकर र शक्तिशाली ६४ बिट क्वाड कोर प्रोसेसर पनि रहेको छ ।

स्मार्टफोन वा ल्यापटपलाई सजिलै ब्लुटुथ ४.२ एलईडीमार्फत जडान गर्न सकिन्छ र निर्बाध स्टोरेज र गतिको आनन्द लिन सकिने कम्पनीले जनाएको छ । किनकि यस टिभीमा १ जीबी र्याम र ८ जीबी इन्टरनल स्टोरेज उपलब्ध छ ।

नेपालमा मी इको सिस्टम
शाओमीले नेपालमा आफ्नो इको सिस्टममा थप २ उत्पादनहरु थपेको छ । कम्पनीले मी पोर्टेबल ब्लुटुथ स्पिकर (१६ वाट) र मी बियर्ड ट्रिमर स्वदेशमा ल्याएको छ ।

मी पोर्टेबल ब्लुटुथ स्पिकर (१६ वाट)
नामले जनाएझैँ मी पोर्टेबल ब्लुटुथ स्पिकर एक १६वाट स्पिकर हो जुन दुई वटा ८ वाट पूर्ण रेन्ज ड्राइभरमा विभाजित छ ।

स्पिकरमा एन्टी–स्लिप प्याडिङका साथ मेश–लाइक जस्तो डिजाइन छ जुन सतहमा राख्दा दुर्घटनाग्रस्तबाट बच्नको लागि बनाइएको हो ।

यसमा २६०० एमएएचको ब्याट्री छ जसमा १३ घण्टाको ब्याट्री लाइफको दावी गरिएको छ । यसको आईपीएक्स ७ रेटिङ छ । जसको मतलब यसलाई १ मिटर पानीमा ३० मिनेटसम्म डुबाउन सकिन्छ । यो भोइस एसिस्ट्यान्ट्सहरुसँग पनि काम गर्छ र कल गर्नका लागि यसमा इन बिल्ट माइक्रो फोन पनि रहेको छ ।

मी बियर्ड ट्रिमर १सी
मी बियर्ड ट्रिमर १सी पहिले लन्च गरिएको मोडेलभन्दा हल्का र पातलो छ । यो लगभग दुई घण्टामा पूर्ण चार्ज हुन्छ र यसले ६० मिनेट रन टाइम सम्म चल्छ ।

यस बाहेक मी बियर्ड ट्रिमर १सी चार्जको लागि माइक्रो–यूएसबी पोर्टको साथ आउँछ । यस उपकरणमा एलईडी इन्डीकेटर छ‚ जसले हरेक पटक यसको स्विच अन गर्दा ब्याट्री स्टेटस बारे सचेत गराउँछ । यसको ब्लेड हेड निकाल्न सकिन्छ र ब्रसको माध्यमले सजिलै यसलाई सफा गर्न सकिन्छ । यहाँ ट्रिमर भित्र ६०० एमएएचको ब्याट्री छ र यो एक वर्ष वारेन्टीको साथ आउँदछ । यो एकल कालो रंगमा मात्र उपलब्ध छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले मी टिभीले यसको उत्कृष्ट सफ्टवेयरका साथ स्मार्ट टिभीको अर्थ परिभाषित गर्ने र सबैको दर्शनका लागि नविनतामा अडिक रहने बताए । उनले यसलाई नेपालका प्रयोगकर्ता र मी फ्यानले मन पराउने विश्वास पनि व्यक्त गरे ।

मी टिभी ४एक्स ६५ इन्च २०२१ संस्करणको मूल्य १,१९,९९९ तोकिएको छ । त्यसैगरी, ४ए ४३ इन्च होराइजन सस्करणको ४६,९९९, ४ए ४० इन्च होराइजनको ३७,९९९, मी एलईडी टिभी ४ए ३२ संस्करणको ३४,९९९, मी पोर्टेबल ब्लुटुथ स्पिकर (१६डब्लु)को २,३९९ र मी बियर्ड ट्रिमर १सीको १,७९९ तोकिएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया