फाइनल हेर्न प्रधानमन्त्री दशरथ रंगशाला जाने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला जाने भएका छन् । थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत आज हुने नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने भएका हुन् ।

उपाधिका लागि साँझ साढे ५ बजे आयोजक नेपाल र पाहुना टोली बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । प्रधानमन्त्रीसहित नेकपा एमालेका शीर्ष नेताहरु रंगशाला जाने बुझिएको छ ।

प्रतिक्रिया