होलीमा ग्याङ फाईट हुँदा कांग्रेस नेतासहित दुईको मृत्यु

काठमाडौँ । होली खेल्ने क्रममा ग्याङ फाईट हुँदा दुई जनाको मृत्यु भएको छ । बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा आइतबार होली खेल्ने क्रममा दुई जनाको मृत्यु भएको हो ।

दुई ठाउँका युवाबीच झडप हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपी) इकवाल हवारीले पुष्टि गरे । मृत्यु हुनेमा वर्ष ३६ का प्रकाश कुँवर र ३४ वर्षका दिपक दमाइ रहेका छन् । कुँवर नेपाली कांग्रेसका जिल्ला सदस्य थिए । उनी जिल्लामा परिचित कांग्रेस नेता थिए । दमाइ पनि कांग्रेस कार्यकर्ता थिए ।

उनीहरुको शव बल्देधुरी भिरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको डिएसपी जानकारी दिए । सयौँ युवाहरु भेला भएर होली खेल्ने क्रममा भएको झडपका क्रममा १० जना युवा भीरमा खसेको गरिएको आशंका छ । ‘घटनास्थल पुगेको प्रहरी टोलीले दुई जनाको शव जंगलमा फेला पारेको छ । राती अबेर भइसकेकाले खोज्न सकेनौं,’ उनले भने, बिहानैदेखि बेपत्ताको खोजी जुटेका छौँ ।

प्रतिक्रिया