काठमाडौं । सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
राजविराज नगरपालिका-१५ बस्ने रामचन्द्र यादवको छोरा ५ वर्षीय सुमन कुमार यादवको करेन्ट लागेर आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
मकैबारीमा लगाएको करेन्टको बारमा परी करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीको भनाइ छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।